मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओली सरकारका शिक्षामन्त्री भन्छन्- चुच्चे नक्सायुक्त पुस्तक सार्वजनिक गर्न ओलीले नै रोक लगाउनु भो!

ओली सरकारका शिक्षामन्त्री भन्छन्- चुच्चे नक्सायुक्त पुस्तक सार्वजनिक गर्न ओलीले नै रोक लगाउनु भो!

शनिबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यसैकारण ओली पनि राष्ट्रियताको सवालमा कठघरामै रहेको तर्क गरे। राष्ट्रिय र प्रजातन्त्रलाई कूटनीतिक दाउपेचको विषय नबनाउन पनि उनले ओलीलाई सचेत गराए।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले लिपुलेक, कालापानीको नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाएको बताएको बताएका छन्। तत्कालीन शिक्षामन्त्रीसमेत रहेका नेता पोखरेलले सरकारको नीति तथा कार्यक्रमबारे संसदमा ओलीले राष्ट्रियताका कुरा गरेपनि उनले नै आफू प्रधानमन्त्री रहेकै बेला सो पुस्तक सार्वजनिक गर्न रोक लगाएको खुलासा संसदमा गरेका हुन्। 

National life

शनिबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यसैकारण ओली पनि राष्ट्रियताको सवालमा कठघरामै रहेको तर्क गरे। राष्ट्रिय र प्रजातन्त्रलाई कूटनीतिक दाउपेचको विषय नबनाउन पनि उनले ओलीलाई सचेत गराए। 

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको सवाललाई छोडेको भन्दै नेता पोखरेलले असन्तुष्टिसमेत व्यक्त गरे। ‘राष्ट्रिय भावनालाई ध्यान दिँदा नीति तथा कार्यक्रमले लिपुलेक, लिम्पियाधुरा र कालापानीको सवाललाई छोडेको छ। यसमा खुट्टा नकमाउनुस्। चीनलाई सशंकित गराएर र नेपाललाई अमेरिका कित्तामा लगेर नेपालको राष्ट्रिय हित हुँदैन। प्रमको संयुक्त राज्य अमेरिकाको भ्रमणबारे सचेत हुन जरुरी छ। मिलिनियम च्यालेन्ज कर्पोरेसनसँगको अनुदान सम्झौंता अघि बढेको कुरा उल्लेख छ,' ओली सरकारका शिक्षामन्त्री पोखरेलले भने, 'यही संसदबाट पारित भएको १२ बूँदे व्याख्यात्मक घोषणा के भयो? त्यसको पनि जवाफ अपेक्षित छ। वास्तवमा यो सदनमा प्रतिपक्ष दलको नेता केपी ओलीले प्रजातन्त्र र राष्ट्रियताबारे लामो प्रवचन दिनु भयो। मैले सुनिरहेँ। वास्तवमा दुई पटक संसद विघटन गर्नु भयो उहाँले। त्यो गल्ती कतै उहाँले स्वीकार गर्नु भएन। राष्ट्रियताको कुरा गरिरहँदा शिक्षामन्त्री हुँदा तयार गरेको लिपुलेक, कालापानी सम्बन्धि पुस्तकलाई उहाँले रोक लगाउनु भयो। एउटा कार्यदल बनाउनु भयो। एक पटक पनि बैठक राख्नु भएन। र, किताव किन रोकियो? जवाफ पनि दिनु भएन। साच्चै प्रजातन्त्र र राष्ट्रियता तपाई पनि कठघरामै हुनुहुन्छ। राष्ट्रियता र प्रजातन्त्र र राष्ट्रियतालाई कूटनीतिक दाउपेचको विषय हुन सक्दैनन् भन्ने मलाई लाग्दछ।’

नेता पोखरेलले मुलुकलाई दिगो विकाससहित समृद्ध बनाउने र त्यसका लागि आवश्यक जनशक्ति प्रक्षेपण गर्ने काम पनि नीति तथा कार्यक्रममा नआएको उल्लेख गरे। 


प्रकाशित: May 28, 2022| 18:36 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...