मंगलबार, असार ९, २०८३

संसदमा जुम्ली सांसदको 'तालाव्यंग्य'

नीति तथा कार्यक्रममाथि समर्थन भएको बताउँदै बोल्न सुरु गरेका उनले निर्वाचनका क्रममा कांग्रेस कार्यकर्ताले माओवादी कार्यकर्तामाथि आक्रमण गरेको उल्लेख गर्दै आक्रमणकारीमाथि कारबाही चलाउन आग्रह गरेका थिए।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले संसदमा प्रतिपक्षीमाथि टिप्पणी गर्दै तालाचाबीव्यंग्य गरेका छन्। शनिबार नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसदले यस्तो व्यंग्य गरेका हुन्। 

National life

उनको बोल्ने पालो आएदेखि नै  उनले व्यंग्य गरेका थिए। तर सांसदहरूले बुझ्न सकेनन्। उनी रोस्टममा पुगे। रोस्टममा पुग्नेबित्तिकै सांसद महतले गोजीमा हात हाले। केही बेर छामछुम आफ्नै गरिरहे। यतिबेलासम्म सांसदहरूले हेरिरहेका थिए। गोजीबाट उनले के निकाले थाहा भएन। त्यतिकैमा उनले बोल्न थाले। 

नीति तथा कार्यक्रममाथि समर्थन भएको बताउँदै बोल्न सुरु गरेका उनले निर्वाचनका क्रममा कांग्रेस कार्यकर्ताले माओवादी कार्यकर्तामाथि आक्रमण गरेको उल्लेख गर्दै आक्रमणकारीमाथि कारबाही चलाउन आग्रह गरेका थिए।

त्यसपछि लगत्तै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीमाथि कडा व्यंग्यवाण प्रहार गरे। 

उनको भनाइ जस्ताको तस्तै
अर्को कुरा मैले के राखेँ भने हिजो प्रतिपक्षीको हर्कत हेर्दा बोल्न नपाइने हो कि भन्ने त्रासमा थिएँ म। अलि ठूलो स्वर गर्ने हो भने अवरोध आउला भन्ने चिन्तामा नै छु। 

Shivam cement

उहाँहरू धित मरुन्जेल गाली गर्नुहुन्छ। धित मरेपछि अवरोध गर्नुहुन्छ। उहाँहरू संसदलाई ताला लगाउन खोज्नुहुन्छ। त्यसो भएकाले मैले ताला र चाबी ल्याएको छु। (आफूले ल्याएको ताला र चाबी देखाउँदै उनले भनेका थिए) उहाँहरु धित मरुन्जेल बोल्नु होला। त्यसपछि हामी बोल्ने बेला तालाचाबी लाइदिनुहोला। जति बेला बोल्न मन लाग्छ, आउनुहोला अनि तालाचाबी खोल्नुहोला। अनि बोल्नुहोला। मैले तालाचाबी यहाँ राखिदिएको छु सभामुख महोदय। तपाईंहरू बोलिसकेपछि यहाँ हामीले के बोल्नुछ र? 

अब यहाँ गाली गर्नेलाई तीन घण्टा समय दिइन्छ। कर्णालीको आवाज सुनाउने लाई जम्मा ३ मिनेट छ। त्यसो भएकाले मालाई अलि गाह्रो छ। कसरी बोल्ने होला भन्ने भइराछ। 

उनी फेरि नीति तथा कार्यक्रमका विषयमा फर्किए। तर त्यसमा पनि उनले ओलीलाई कडा व्यग्य प्रहार गरे। 'यो नीति तथा कार्यक्रमका दुई शब्द सच्याउनुपर्ने भयो। यौटा 'दानवीर बली'लाई सच्याउनुपर्ने भयो। यसको ठाउँमा 'दानवीर वली' राख्नुपर्ने भयो। बलिदानका ठाउँमा पनि 'ओलीदान' राख्नुपर्ने  भयो। किनभने बलिदानलाई उहाँ स्वीकार्नुहुन्न। 'ओलीदान' त उहाँ स्वीकार्नुहुन्छ। यो दुई शब्द सच्याउनुपर्ने भयो।'

यसपछि उनले आफ्नो कुरा टुंग्याए। 

प्रकाशित: May 28, 2022| 14:34 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...