मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीलाई प्रचण्डको चुनौती : माओवादीको वैशाखी टेकेर दुईपटक प्रधानमन्त्री बन्नुभो, अब बनेर देखाउनुस् त!

ओलीलाई प्रचण्डको चुनौती : माओवादीको वैशाखी टेकेर दुईपटक प्रधानमन्त्री बन्नुभो, अब बनेर देखाउनुस् त!

शनिबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा बोल्दै प्रचण्डले ओलीलाई दुबै पटक माओवादी केन्द्रकै वैशाखी टेकेर ओली प्रधानमन्त्री बनेको भन्दै कुनै पनि दलको सहयोगबिना प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका हुन्।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै लडेर प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन्। 

National life

शनिबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा बोल्दै प्रचण्डले ओलीलाई दुवै पटक माओवादी केन्द्रकै वैशाखी टेकेर ओली प्रधानमन्त्री बनेको भन्दै कुनै पनि दलको सहयोगबिना प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका हुन्।

'हाम्रो प्रतिपक्षी दलका नेता जसलाई मैले नै सहयोग गरेर माओवादी केन्द्रकै सहयोगमा प्रधानमन्त्री हुनुभएको हो उहाँ। एक्लै भएको छु भन्ने ठान्नुभएको छ भने त्यो भ्रम हटाइदिनुस्,' उनले भने। 

उनले केपी शर्मा ओली एक पटक पनि माओवादी केन्द्रको सहयोगबिना प्रधानमन्त्री नभएको दाबी गरे। यस्तै अब एक्लै लडेर प्रधानमन्त्री बने आफूले मान्ने उनले बताए। 

'तपाईं एक्लै प्रधानमन्त्री हुनुभएकै छैन। पहिलोचोटि पनि तपाईंको भाषामा माओवादी केन्द्रको वैशाखी टेकेर हुनुभएको हो। दोस्रो पटक हाम्रो पनि भोट लिएर हुनुभएको हो,' उनले भने, 'अब भएर देखाउनुस् त। अबको चुनावबाट भएर देखाउनुस् तपाईंलाई मानिन्छ। तपाईं एमालेको प्रधानमन्त्री हुनुहोला।'

Shivam cement

प्रकाशित: May 28, 2022| 14:42 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...