मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विदेशी मुद्राको सञ्चितिमा चाप पर्ने सरकारले कुनै पनि सामान किन्नु हुँदैन : गगन थापा

विदेशी मुद्राको सञ्चितिमा चाप पर्ने सरकारले कुनै पनि सामान किन्नु हुँदैन : गगन थापा

शनिबार संसद्‌मा बोल्दै थापाले नेपालको विदेशी मुद्रा सञ्चितिमा असर पर्नेगरी कुनै पनि वस्तु किन्ने निर्णय सरकारले गर्न नहुने बताएका हुन्।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आयात नियन्त्रणका लागि सरकार आफैंले खरिद गर्न लागेका विभिन्न वस्तुको खरिद प्रक्रिया रोक्नुपर्ने बताएका छन्। 

National life

शनिबार संसद्‌मा बोल्दै थापाले नेपालको विदेशी मुद्रा सञ्चितिमा असर पर्नेगरी कुनै पनि वस्तु किन्ने निर्णय सरकारले गर्न नहुने बताएका हुन्।

'जसरी हामीले नागरिकलाई नचाहिने सामान नकिन्नु भनेका छौं, त्यसैगरी सरकारले पनि यो वर्ष नचाहिने सामान ल्याउनु हुँदैन। हामीलाई यो वर्ष सेक्युरिटी प्रेस पनि चाहिएको छैन, हेलिकप्टर पनि चाहिएको छैन। हामी सुपारी, मरिच, केराउ केहि पनि ल्याउँदैनौं भन्न सक्नुपर्छ,' थापाले भने, 'हाम्रो डलरको सञ्चितिमा प्रभाव पार्ने कुनै पनि कुरा चाहिएको छैन। यो वर्ष सरकारले कुनै पनि त्यस्तो वस्तु खरिद गर्दैन भनेर निर्णय गर्नुपर्छ।'

नेपालका लागि व्यापार घाटा अहिलेको सबैभन्दा ठूलो समस्या रहेको पनि थापाले बताए। 'कतिपय देशलाई व्यापारघाटा ठुलो विषय होइन। तर हाम्रोजस्तो मुलुकलाई यो सबैभन्दा ठूलो चिन्ताको विषय हो,' थापाले भने, 'अहिलेकै अवस्थामा जाने हो भने हाम्रो अर्थतन्त्रले धान्नै सक्दैन। बितेका १०/१२ वर्षयता व्यापारघाटा बढेको बढ्यै छ। यो अझै रोकिनेवाला छैन। आम्दानी नबढ्ने र खर्च यसरी नै बढ्दै जाने हो भने संकट आउन्छ भनेर बुझ्न सकिन्छ।'

आयातमा सबैभन्दा बढी हिस्सा पेट्रोलियम पदार्थमा छ। त्यस्तै खाद्यान्न आयातको अवस्था पनि डरलाग्दो छ। अहिले अर्थतन्त्र संकटको डिलमा रहेको पनि थापाले बताए।

Shivam cement

'अर्थतन्त्रको अवस्था समस्याग्रस्त मात्र होइन एक हिसाबले संकट फस्न थालिसकेको छ। जोखिम आइसक्यो। यो जोखिम सम्बोधन गर्नका लागि सरकारको ध्यान सबैभन्दा बढी जानुपर्छ,' उनले भने, 'अब पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने महत्त्वाकांक्षी सोच राख्नैपर्छ। यो हाम्रो राष्ट्रिय सुरक्षासँग जोडिएको विषय पनि हो। कुनै पनि बेला पेट्रोलियम पदार्थमा सजिलै तलमाथि गर्न सकिने अवस्थाले सधैंभरि हामीलाई डिलमा उभ्याएको छ।'

प्रकाशित: May 28, 2022| 14:10 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...