काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) गणतन्त्रको फूलबारीका विशिष्ट फूलहरु भएको बताएका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि शनिबार प्रतिनिधिसभा बैठकमा टिप्पणी गर्दै उनले बालेन र हर्कको विजयलाई आफूले संघीय गणतान्त्रिक लोकतन्त्रको फूलबारीभित्र दुई वटा फूलहरु फक्रिएको ठानेको बताए।
'काठमाडौँ र धरानमा दुई युवा उम्मेदवार विशिष्ट रुपमा आए- संघीय लोकतन्त्रको फूलबारीभित्र। म यसलाई काठमाडौं र धरानमा दुई वटा फूलहरु फक्रिएको ठान्छु', प्रचण्डले भने।
उनले बालेन र हर्कको जितलाई राजनीतिक दलले आफ्नो रुपान्तरण र आत्मसीक्षाको अवसरका रुपमा ग्रहण गर्न सक्नुपर्नेमा जोड दिए।