बुधबार, साउन २७, २०८३

कर कटौती गरेर भए पनि मूल्यवृद्धि रोक्नुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मूल्यवृद्धि घटाउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन्।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मूल्यवृद्धि घटाउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन्।

प्रतिनिधि सभामा बैठकमा बोल्दै प्रचण्डले विभिन्न अन्तर्राष्ट्रिय तत्त्वहरूले विश्वभर आएको आर्थिक संकुचनको कारण नेपाल पनि सहज स्थितिमा रहेको बताए। 

असहजताको सामना सरकार तथा कुनै एक दल विशेषले मात्रै गर्न नसकिने उनको भनाई थियो। यद्यपि ‘महंगीको मारले नेपाली जनताको ढाड सेकिएको छ। प्रत्येक भान्साबाट विद्रोह हुने परिस्थिति बन्दै छ,’ उनले भने,  ‘दिन प्रतिदिन बढिरहेको महंगीले जनता आजित हुने अवस्था आएको छ। यसको सामना हामीले गर्नुपर्ने छ।’ 

पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिको प्रत्यक्ष प्रभावमा जनतालाई नपार्न बाह्य मुलुकमा कर कटौती भएको भन्दै उनले नेपालमा पनि कर कटौती गरेर जनतालाई राहत दिन आग्रह गरे।

प्रकाशित: May 28, 2022| 12:47 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...