मंगलबार, असार ९, २०८३

ओली दम्भी र अहंकारी भएको प्रचण्डको आरोप

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धम्भी र अहंकारी भएको आरोप लगाएका छन्।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धम्भी र अहंकारी भएको आरोप लगाएका छन्।

National life

प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै प्रचण्डले ओलीको दम्भ र अहंकारका कारण अन्य कार्यकर्तासँग मिलेर पनि काम गर्न सकिने वातावरण नरहेको बताए। 'उहाँको दम्भ र अहंकारका कारण अन्य कार्यकर्तासँग मिलेर काम गर्न सकिने वातावरणसमेत छैन,' उनले भने।

‘उहाँले तीन घन्टा रोष्टममा बोल्नुभयो, तीन घन्टामा वामपन्थी एकताको पक्षमा वातावरण बनाउने कुरा पो गर्नुहुन्छ कि?, कहिँ आत्मालोचना गरेर मैले गल्ती गरेँ भन्नुहुन्छ कि? अदालतले, गठबन्धनले भनेको कुरामा पुनसमीक्षा गर्नेतिर जानुहुन्छ कि भन्ने सोचेको थिए। तर, उहाँ त सुरुदेखि अन्तिमसम्म अरुलाई गाली गर्ने, बदनाम गर्ने र मेरो दृष्टिमा धेरै झुट कुरा बोल्नुभयो। उहाँ आफ्नो अहंकार र दम्भबाट पर जानुभएको छैन् भन्ने देखियो,’ ओलीमाथि आरोप लगाउँदै प्रचण्डले भने।

ओली बाहेक नेकपा एमालेका अन्य धेरै नेता कार्यकर्ताप्रति आफ्नो भरोसा छ, विश्वास रहेको प्रचण्डको भनाइ थियो। ओलीमा अहंकार र दम्भ नहुने हो भने अरु सबै नेकपा एमालेका कार्यकर्तासँग मिलेर काम गर्न कठिन हुने प्रचण्डको तर्क थियो।

प्रकाशित: May 28, 2022| 12:41 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...