मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीप्रति प्रचण्डको आक्रोस : तपाईंहरू टाउको काट्ने मान्छे हो भन्यो भने के हुन्छ?

ओलीप्रति प्रचण्डको आक्रोस : तपाईंहरू टाउको काट्ने मान्छे हो भन्यो भने के हुन्छ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिमा पटक-पटक एकले अर्कालाई अपमानित गर्ने ढंगले अभिव्यक्ति दिनु गलत भएको बताएका छन्।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिमा पटक-पटक एकले अर्कालाई अपमानित गर्ने ढंगले अभिव्यक्ति दिनु गलत भएको बताएका छन्। 

National life

एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध र शान्ति प्रक्रियाको सन्दर्भमा गरेको टिप्पणीको जवाफ दिँदै प्रचण्डले पटक-पटक एकले अर्कालाई आरोप लगाउँदा नेपाली जनतालाई दिन खोजेको सिस्टम आफूहरूले दिन नसक्ने बताएका हुन्। 

रोष्ट्रममा उभिएर युद्धका क्रममा माओवादीले मान्छेलाई बोरामा हालेको, जनतालाई धम्क्याएको भन्दै ओलीले घृणा फैलाएको प्रचण्डको आरोप छ। ‘तपाईंहरू टाउको काट्ने मान्छे होइन? हत्याराको रुपमा जेल बसेको होइन? भन्यो भने के हुन्छ? त्यो भन्नु जायज हुन्छ?,’ प्रचण्डको प्रश्न थियो।

१२ बुँदे समझादारी हुँदा ऐतिहासिक सहमति भएको बताउँदै प्रचण्डले एउटा प्रक्रियामा गइसकेपछि पुरानो कुरा कोट्याउनु राम्रो नहुने बताए। ‘हिजा फेरि बोरामा मान्छे हालेको कुरा गर्नुभयो। जनतालाई धम्क्याएको कुरा गर्नुभयो। मैले यो विषय अलि बढी गम्भीर भएको ठानेको छु,' प्रचण्डले भने।

प्रकाशित: May 28, 2022| 12:31 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...