मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डले भने- नीति तथा कार्यक्रम आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमुखी छ

प्रचण्डले भने- नीति तथा कार्यक्रम आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमुखी छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ल्याएको नीति तथा कार्यक्रम आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमूखी रहेको बताएका छन्।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ल्याएको नीति तथा कार्यक्रम आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमूखी रहेको बताएका छन्।

National life

प्रतिनिधिसभा संसदको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले आत्मनिर्भर उन्मुख अर्थतन्त्रलाई नीति तथा कार्यक्रमले जोड दिएकाले यसको स्वागत गर्नुपर्ने बताए।

‘नीति तथा कार्यक्रम निर्यात प्रवर्द्धन गर्ने र कृषि उत्पादनमा जोड दिने खालको छ। ऊर्जा र पर्यटनमार्फत अर्थतन्त्रको पुनरुत्थान गर्ने विषय नीति तथा कार्यक्रममा प्रष्ट छ। यो नीति तथा कार्यक्रमले आयात प्रतिस्थापन गर्दै जाने छ,’ उनले भने।

यस्तै फरक प्रसंगमा बोल्दै प्रचण्डले संविधानलाई मिच्न चाहनेहरूलाई जनताले स्थानीय निर्वाचनमार्फत् राम्रो जवाफ दिएको बताए। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै संविधानलाई कुनै न कुनै रुपले मिच्न चाहने, संविधानलाई कमजोर बनाउने वा उल्टाउन चाहने प्रवृत्ति र तत्वहरूलाई जनताले राम्रो जवाफ दिएको बताएका छन्।

प्रचण्डले हिजो झन्डैझन्डै दुर्घटनामा जान लागेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई ट्र्याकमा ल्याउन सिंगै नेपाली समाज नै एकताबद्ध भएको दाबी गरे। जनताले अहिले निर्वाचन प्रक्रियामार्फत उक्त कुरालाई देखाएको गम्भीरताले गर्दा नेपालले प्राप्त गरेको उपलब्धि दीर्घकालसम्म अगाडि जाने प्रचण्डको दाबी छ।

Shivam cement

प्रकाशित: May 28, 2022| 12:18 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...