बुधबार, साउन २७, २०८३

रन्थनिएका ओलीका गनथनको जवाफ दिइरहनु पर्दैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नीति तथा कार्यक्रममाथि केपी शर्मा ओलीले संसदको रोष्ट्रममा घण्टौं बोलेर गन्थन गरेको टिप्पणी गरेका छन्।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नीति तथा कार्यक्रममाथि केपी शर्मा ओलीले संसदको रोष्ट्रममा घण्टौं बोलेर गन्थन गरेको टिप्पणी गरेका छन्।

शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री थापाले केपी ओली अहिले रन्थनिएको र रोष्ट्रममा घण्टौं कुन्ठा पोखेको आरोप  लगाए। ‘नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख प्रतिपक्षी दलको नेताले घण्टौं गन्थन गर्नुभयो। गन्थनमा व्यक्त भएको प्रत्येक कुराको उत्तर दिनुपर्छ कि पर्दैन भनेर केही साथिहरूले सोध्नु भयो। मैले साथीहरूलाई प्रश्नको उत्तर हुन्छ। विचारमा टिप्पणी हुन्छ। प्रतिक्रियामा सहमति/असहमति व्यक्त हुन सक्छ। तर, कुण्ठामा त्यस्तो केही पनि भने,’ उनले भने।

घण्टौंसम्म रोष्ट्रममा पोखिएका कुन्ठाको जवाफ नहुने थापाको भनाइ छ। कुण्ठामा केवल सहानुभूति हुने उनको भनाइ थियो।  'त्यसैले यो बेलामा साथीहरूले भन्नुभयो घण्टौं बसेर बोल्ने? भैले भनें, यतिखेर रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ। एक खुट्टामा टेकेर बोले पनि हुन्छ। अहिले हामीले सुनिदिनुपर्छ,’ थापाले भने।

यस्तै थापाले पेट्रोलियम पदार्थको विकल्प खोज्नुपर्ने बेला आइसकेको बताएका छन्। उनले देशमा आर्थिक संकटका लक्षणहरु देखा परिसकेको भन्दै अब यसमा गम्भीर ध्यान दिन आवश्यक भइसकेको बताए। 

थापाले जनतालाई मात्र नभनि सरकार आफूले पनि आयात रोक्नुपर्ने बताए। ‘नागरिकलाई मात्र होइन सरकारले पनि केही खरिद गर्ने होइन। हामीलाई प्रेस पनि चाहिएको छैन, हेलिकप्टर पनि नल्याउँ, अनिमात्र जनतालाई भनौं’, उनले भने।

प्रकाशित: May 28, 2022| 12:02 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...