बुधबार, साउन २७, २०८३

स्वास्थ्य बिमा अपेक्षा अनुरूप कार्यान्वयन हुन सकेन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्य बिमा प्रभावकारी हुन नसकेको बताएका छन्।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्य बिमा प्रभावकारी हुन नसकेको बताएका छन्। प्रतिनिधि सभामा जारी आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रममा बोल्दै महामन्त्री थापाले स्वास्थ्य बिमा प्रभावकारी हुन नसकेको बताएका हुन्।

पूर्व प्रधानमन्त्री नेकपा माओवादी पुष्प कमल दाहाल प्रधानमन्त्री रहेको अवस्थामा स्वास्थ्य बिमाको कानुन बनाए पनि कार्यान्वयन हुन नसकेको उनले बताएका हुन्। 

‘हामीले स्वास्थ्य बिमा कानुन बनायौं, जुन अहिलेसम्म टुकटुक मात्रै हिँडिरहेको छ,’ उनले भने, ‘अहिले वर्षको १/२ लाख भनेर ल्याइरहेको छौं। यो हाम्रो कानुन र अपेक्षा अनुसार भएको छैन। जतिसुकै लागत लागे पनि कुनै पनि नागरिकले एक रुपैयाँ नतिरी बिमाको कभरेज हुनेगरी हामीले यसको व्यवस्था गरेका थियौं। तर, कार्यान्वयन हुन सकेन।'

प्रकाशित: May 28, 2022| 11:52 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...