बुधबार, साउन २७, २०८३

सरकारको नीति तथा कार्यक्रम दिशाहीन : पूर्व अर्थमन्त्री पौडेल

पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारको नीति तथा कार्यक्रम दिशाहीन रहेको आरोप लगाएका छन्।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारको नीति तथा कार्यक्रम दिशाहीन रहेको आरोप लगाएका छन्। नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले सरकारले ल्याएको बजेटलाई इतिहासकै कमजोर रहेको बताए।

मुलुकको समस्या नचिनेको, समाधान हुन नसक्ने, खोक्रो र सारहीन नीति कार्यक्रम वर्तमान सरकारले ल्याएको उनको आरोप छ। नीति तथा कार्यक्रममा कुन विषयलाई प्राथमिकता दिने भन्ने कुरा नै नभएको उनले बताए।

'आगामी वर्ष कुन विकास आयोजनालाई प्राथमिकता दिने स्पष्ट छैन। नीति तथा कार्यक्रममा अलमल मात्रै छ,' उनले भने।

उनले वर्तमान सरकार चुनावी भएको कारणले दीर्घकालीन रुपमा आर्थिक दायित्व थप्ने र भोली आउने सरकारलाई बोझ थप्ने कार्यक्रम ल्याउन नमिल्ने बताए। नीति तथा कार्यक्रम आर्थिक संकट उन्मुख बेखबर रहेको बताएका छन्।

बैंक तथा वित्तिय संस्था निरंकुश तरिकाले नियन्त्रण गरिएको पौडेलको आरोप छ। उनले अर्थतन्त्रमा कुनै समस्या छैन भनेर भ्रम छरिएको बताए।

प्रकाशित: May 28, 2022| 11:46 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...