मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • दोस्रो इनिङमा इंग्ल्यान्डको सानदार प्रदर्शन, इन्डिया १५७ रनले पछि

दोस्रो इनिङमा इंग्ल्यान्डको सानदार प्रदर्शन, इन्डिया १५७ रनले पछि

जारी इन्डिया इंग्ल्यान्ड टेस्टको चौथो दिनमा इंग्ल्यान्डले विस्फोटक ब्याटिङ गर्दै ३०३ रन जोडेको छ।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं– जारी इन्डिया इंग्ल्यान्ड टेस्टको चौथो दिनमा इंग्ल्यान्डले विस्फोटक ब्याटिङ गर्दै ३०३ रन जोडेको छ।

नटिङघममा जारी खेलमा इन्डियाका उत्कृष्ट बलरसामु इंग्ल्यान्डले ३०३ रन जोडेको हो। इंग्ल्यान्डका लागि कप्तान जोय रुटले १०९ रनको सतकिय पारी खेले। त्यसबाहेक साम कुरनले ३२, जोन्नी बेयरिस्टोले ३० र डोब सिब्लेले २८ रन बनाए।

इन्डियाका लागि जसप्रित बुमराले पाँच विकेट लिए भने मोहम्मद सिरज र सद्र्धुल ठाकुले समान २–२ विकेट लिए।

३०३ रनमा अलआउट भएपछि चौथो दिनमा इन्डियाले आफ्नो ब्याटिङ थालेको छ। उसले अहिले एक विकेट गुमाएर ५२ रन बनाउँदासम्म १५७ रनले पछि छ।

पहिलो टेस्टमा जित निकाल्नका लागि इन्डियाले १० विकेट अघि नै १५७ रन बनाउनु पर्नेछ।

जारी टेस्टको आफ्नो पहिलो पारीमा रुटको ६४ रन सहयोगमा इंग्ल्यान्डले १८३ रन बनाएको थियो भने केएल राहुलको ८४ रन सहयागेमा इन्डियाले २७८ रन बनाएको थियो।

पाँचौ दिनको खेल आज दिउँसो साढे तीन बजेबाट सुरु हुनेछ।

प्रकाशित: Aug 08, 2021| 08:49 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।