बुधबार, साउन २७, २०८३

बालेनको जितलाई पार्टीविरुद्धको आक्रोश भन्नु गलत : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगर प्रमुखमा बालेन साहको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने बताएका छन्।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगर प्रमुखमा बालेन साहको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने बताएका छन्। 

सामाजिक सञ्जालमा बधाइ दिँदै थापाले बालेनको जित कसैको असफलता वा पार्टीविरुद्धको आक्रोश नभएको जिकिर गरेका छन्।

‘बालेन साहको जित कसैको असफलता वा पार्टीविरुद्धको आक्रोशभन्दा पनि उहाँको योग्यता र क्षमतामाथि जनताको भरोसाको अभिव्यक्ति हो। काठमाडौंवासीले ठूलो अपेक्षा गरेका छन्। सफलताको कामना गर्दछु,’ उनले लेखेका छन्।

प्रकाशित: May 28, 2022| 09:20 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...