बुधबार, असार १०, २०८३

प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

प्रतिनिधि सभाको शनिबार बस्ने बैठकमा सरकारले आर्थिक वर्ष २०७८/७९ आर्थिक सर्वेक्षण पेस गर्ने भएको छ। बैठक शनिबार बिहान ११ बजे बस्ने छ।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

काठमाडौं- प्रतिनिधि सभाको शनिबार बस्ने बैठकमा सरकारले आर्थिक वर्ष २०७८/७९ आर्थिक सर्वेक्षण पेस गर्ने भएको छ। बैठक शनिबार बिहान ११ बजे बस्ने छ। 

National life

बैठकमा शुक्रबारका लागि नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पेस हुन सकेको थिएन।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ। अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेस गर्ने छन्।

यही जेठ १५ गते (आइतबार) संघीय संसद्को‌ संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट पेस गर्ने छन्। 

प्रकाशित: May 28, 2022| 07:04 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...