बुधबार, साउन २७, २०८३

बजेटमार्फत शिक्षा, स्वास्थ्य नि:शुल्क गरौं : कांग्रेस नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आगामी बजेटमार्फत शिक्षा र स्वास्थ्यलाई नि:शुल्क गर्न सरकारसँग आग्रह गरेका छन्।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आगामी बजेटमार्फत शिक्षा र स्वास्थ्यलाई नि:शुल्क गर्न सरकारसँग आग्रह गरेका छन्।

संविधान कार्यान्वयनको चरणमा रहेको र संविधानमै शिक्षा र स्वास्थ्यलाई नि:शुल्क गर्ने कुरा उल्लेख गरिएको स्मरण गराउँदै महरले संविधानको कार्यान्वयनका लागि शिक्षा र स्वास्थ्यलाई यसै बजेटमार्फत नि:शुल्क गर्न आग्रह गरेका हुन्।

आज एक विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय सदस्य महरले शिक्षा र स्वास्थ्यलाई नि:शुल्क गरे राज्यको दायित्व पुरा हुनाका साथै संविधानमा उल्लेख गरिएको समाजवादको आधार निर्माण गर्न मदत पुग्ने उल्लेख गरे। राज्यका नीति निर्माण लोक कल्याणकारी नीतिमा बनाउनु पर्ने र बजेट मार्फत जनताले दैनिक जीवनदेखि राज्यका सबै क्षेत्रको विकासका सहयोग पुग्ने गरी बनाउनु पर्ने महर भनाइ छ।

महरले देउवा नेतृत्वको वर्तमान सरकारसँग जन अपेक्षा बढी भएका कारण त्यसलाई सही रूपमा सम्बोधन गर्न पनि सरकारसँग आग्रह गरे।

यातायात र सञ्चारसेवालाई सहज र सरल बनाउन तथा कृर्षिलाई आधुनिकीकरण गर्ने र उद्यमशीलता सहितको रोजगारी सृजना हुने गरी बजेट विनियोजन गर्न पनि उनको आग्रह छ।

नेविसंघको अध्यक्ष भएदेखिनै महरले शिक्षा र स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी राज्यले लिनु पर्ने विषयलाई उठाउँदै आएका  छन्।

प्रकाशित: May 27, 2022| 13:49 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...