काठमाडौं- सहरी विकास मन्त्री रामकुमारी झाक्रिले नेकपा एकाले अध्यक्ष ओलीलाई केन्द्रित गर्दै आफू तीन घण्टा उभिएर नै बोल्न सक्ने बताएकी छन्। तर, त्यसको अर्थ के भन्ने कुरा महत्त्वपूर्ण भएको उनले बताइन्।
राजधानीमा आयोजना सहरी विकाससँग सम्बन्धित समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम बोल्दै झाक्रिले उक्त अभिव्यक्ति दिएकी हुन्।
'गफैमा सबै काम सक्ने हो भने म पनि ३ घण्टा बोल्न सक्छु। तर, बोल्दा कति कन्सिसटेन्सिका साथ बोले भनेर विचार पुर्याउनु पर्छ,' उनले भनिन्, 'म त अझ आफ्नै खुट्टामा उभिन सक्छु। कुर्सी पनि चाहिँदैन।'
सरकारले मंगलबार सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले बसेर नै आफ्नो धारणा राखेका थिए। उनले सुरुमै स्वास्थ्यका कारण सभामुखसँग बसेर कुरा राख्ने अनुमति मागेका थिए।
झाक्रिले ओलीलाई नै इङ्गित गर्दै एउटा भ्यु टावर ठड्याउँदैमा समृद्धि नहुने बताइन्। 'हाम्रा पूर्व प्रधानमन्त्रीले भन्नू भयो कि भ्यु टावर समृद्धिका ध्वता हुन्, होइनन् भन्ने हैन,' उनले भनिन्, 'के एउटा टावर मात्रै समृद्धिको ध्वता हो त? त्यो वरपरका पूर्वाधार, सोही अनुसारको हुनुपर्दैन?'
मन्त्री झाँक्रीले निजगढ विमानस्थल रोक्ने निर्णय गलत भएको बताएकी छन्। सहरी विकाससँग सम्बन्धित एक कार्यक्रममा न्यायाधीश कतैबाट प्रभावित भएको हुनसक्ने बताइन्।