मंगलबार, असार ९, २०८३

काठमाडौं महानगरको मतगणना सकियो, घोषणा शुक्रबार

वैशाख ३० गते सम्पन्‍न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ। काठमाडौं महानगरपालिकाको मतगणना सकिए पनि आधिकारिक घोषणा भने शुक्रबार हुने भएको छ।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं- वैशाख ३० गते सम्पन्‍न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ। काठमाडौं महानगरपालिकाको मतगणना सकिए पनि आधिकारिक घोषणा भने शुक्रबार हुने भएको छ। 

National life

बिहीबार साँझ मतगणनाको काम सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। मतपरिणाम सकिएको भएपनि आधिकारिक रूपमा घोषणा भने शुक्रबार मात्रै हुने उनले जानकारी दिए। 

काठमाडौं महानगरको मेयरमा स्वतन्त्रतर्फका उम्मेदवार बालेन साह र उपमेयरमा सुनीता डंगोल विजयी भएका छन्। फराकिलो मतान्तरका साथ उनीहरू विजयी भएका हुन्।

उनीहरुले प्राप्त गरेको अन्तिम मतपरिणाम भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको छैन।

प्रकाशित: May 26, 2022| 21:45 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...