बिहीबार, असार ३२, २०८३

बार्सिलोनाले काउटिन्होलाई सात नम्बर जर्सी !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
स्पेन- बार्सिलोनाका मिडफिल्डर फिलिपे काउटिन्होलाई बार्साले नयाँ जर्सी नम्बर दिने पक्क भएको छ। अब उनले यस सिजनबाट नयाँ जर्सी नम्बर ७ लगाएर मैदानमा उत्रिने छन्। गत सिजन उनी लिभरपुलबाट बार्सा आउदा बार्साले उनलाई जर्सी नम्बर १४ दिएको थियो। 

पछिल्लो पटक बार्साबाट ७ नम्बर जर्सी मिडफिल्डर अर्दा तुरानले लगाएका थिए। हाल उनी लोनमा इस्तानबुल बासक्सेहिरमा छन् । उनले बार्सामा ला लिगाका दुई सिजनका ३६ खेल खेले । जसमा पाँच गोल गरेका थिए। 

यसअघि बार्साले एथ्लेटिको मड्रिडका फरवाडर एन्टोनी ग्रिजम्यानका लागि जर्सी नम्बर ७ रोकेर राखेको बताइएको थियो। तर, उनी एथ्लेटिकोमै बस्ने भएपछि उनका लागि रोकेर राखेको जर्सी नम्बर ७ काउटिन्होलाई दिएको हो। 

यो त्यो नम्बर हो जुन बार्सामा पुर्व खेलाडी डेभिड भिल्लाले लगाएका थिए। काउटिन्होले उक्त नम्करलाई न्याय गर्ने विश्वस गरिएको छ। उनी बार्साको यस सिजनका लागि पुरा तयार भएको बताइएको छ। उनले पछिल्लो ला लिगाका १८ खेल खेल्दै ८ गोल गरेका थिए। गत सिजननै लिभरपुलबाट प्रिमियर लिगका १४ खेलमा ७ गोल गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।