बुधबार, साउन २७, २०८३

दाङमा ठूलो पार्टी बन्यो कांग्रेस

कांग्रेसले लमही नगरपालिकासहित राजपुर, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा विजय हासिल गरेको छ। यी पालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दुबै जितेको हो।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

तुल्सीपुर- हालै सम्पन्‍न स्थानीय तह निर्वाचनअन्तर्गत दाङमा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ। जिल्लाका १० स्थानीय तहमध्ये कांग्रेसले पाँच, माओवादी केन्द्रले तीन र एमालेले दुई स्थानीय तहमा विजय हासिल गरेको छ। 

यहाँका दुई उपमहानगरपालिकामा एमालेले जितेको छ। घोराहीको नगरप्रमुखमा नरुलाल चौधरी, उपप्रमुखमा हुमा डिसी विजयी भएका छन् भने तुलसीपुरको नगर प्रमुखमा टिकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएका छन्।

कांग्रेसले लमही नगरपालिकासहित राजपुर, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकामा विजय हासिल गरेको छ। यि पालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दुवै जितेको हो। 

माओवादी केन्द्रले बङ्गलाचुली, राप्ती र गढवा गाउँपालिकामा विजयी हासिल गरेको छ। यि तीनवटै पालिकाको उपप्रमुखमा भने अन्य पार्टीका छन्। राप्तीको उपप्रमुखमा एमाले, बङ्गलाचुली र गढवाको उपप्रमुखमा कांग्रेस विजय भएको दाङका मुख्य निर्वाचन अधिकृत रितेन्द्रबहादुर थापाले बताए। 

वडा तहमा भने एमालेले धेरै सिट जितेको छ। १०० वडा रहेको दाङमा एमालेले ४० वटा वडाध्यक्ष जित्न सफल भएको छ। कांग्रेसले ३७ र माओवादी केन्द्रले १९ वटा वडा जितेको छ। एकीकृत समाजवादी र जनमोर्चाले एक-एक तथा स्वतन्त्रले दाङमा दुई वटा वडा जितेको छ। 

प्रकाशित: May 26, 2022| 20:12 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...