आइतबार, कात्तिक ३०, २०८२

भक्तपुरमा पनि पुग्यो मेलम्चीको पानी

भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ। भक्तपुरको कटुञ्जेस्थित खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्म मेलम्चीको पानी वितरण गरिएको हो।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं– भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ। भक्तपुरको कटुञ्जेस्थित खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्म मेलम्चीको पानी वितरण गरिएको हो। 

National life

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले संयुक्त रुपमा साँचो खोली मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु गरिएको हो।

सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र निर्वाचनमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिँदै आउनुभएको स्मरण गराए।

केयुकेएल भक्तपुरका सुरेन्द्र हिमालय श्रेष्ठले भक्तपुरका बासिन्दालाई  मेलम्चीको खानेपानी वितरण गर्न सफल भएकामा गौरवान्वित महसुस भएको बताउँदै यसले भक्तपुरमा खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गरे।

मेलम्चीको पानी वितरणसँगै भक्तपुरका स्थानीय निकै खुसी देखिएका छन् । विगत २० वर्षदेखि खानेपानीको समस्या भोगिरहेका खौमा, इटाछेँ, बोलाछेँ, टौमढीलगायतका स्थानीयले मेलम्चीको पानी वितरण भएसँगै नगर प्रमुख प्रजापतिलाई धन्यवादसमेत दिएका थिए । पानी वितरणसँगै ठाउँठाउँमा पाइप फुटेर पानी चुहिएको पनि देखिएको छ । त्यसलाई छिटै नै व्यवस्थापन गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ । 

Laxmi sunrise bank
kumari

प्रकाशित: May 26, 2022| 18:46 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।