बिहीबार, असार ३२, २०८३

प्रिमियर लिगको नयाँ सिजन आजबाट शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन २०१८-०१९ आज (शुक्रबार) रातिबाट शुरु हुँदैछ। 

करिब ९ महिना चल्ने यो प्रतियोगिता युरोपेली फुटबल क्लबकै सबै भन्दा ठुलो प्रतियोगिता हो। जहाँ इङ्ल्याण्डका शीर्ष डिभिजनका २० क्लबले प्रतिस्पर्धा गर्नेछन्। गत सिजनका उत्कृष्ट १७ क्लब र च्याम्पियन्स लिगबाट बढुवा भएका ३ क्लबले यस सिजनमा प्रतिस्पर्धा गर्नेछन्। 

यी २० वटै क्लबले प्रतियोगिता अवधिभर मैदानमा आफुलाई अब्बल सावित गर्ने प्रयास गर्नेछन्। खेल होम एण्ड अवे तथा डबल राउण्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछ।

यस सिजनमा बढुवा भएका वुल्भ्स, कार्डिफ सिटी र फुलह्यामले प्रतिस्पर्धा गर्नेछन्। विश्व फुटबलका स्टार खेलाडी र सर्वाधिक रकमको टेलिभिजन अधिकारले प्रिमियर लिग अझै प्रशिद्ध र बलियो बन्दै गएको छ। 

गत सिजनको प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीले जितेको थियो। यस सिजन समेत साविक विजेता म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाईटेड, चेल्सी, आर्सनल, टोटनह्याम र लिभरपुलनै उपाधिका दाबेदार टोली मानिएका छन्। नयाँ सिजनको उद्घाटन खेलमा म्यान्चेष्टर युनाईटेड र लेस्टर सिटीले प्रतिस्पर्धा गर्दैछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।