बिहीबार, चैत १२, २०८२

एन्फा र पूर्व प्रशिक्षक शाक्यबीच आज छलफल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक राजुकाजी शाक्यबीच आज (शुक्रबार) छलफल हुने भएको छ। 

विना सुचना राष्ट्रिय टोलीको प्रशिक्षकबाट हटाएको भन्दै सञ्चारमाध्यममा व्यापक आलोचना भएपछि एन्फाले शाक्यलाई छलफलका लागि भन्दै बिहीबार पत्र पठाएको थियो। शाक्यले सम्हाल्दै आएको राष्ट्रिय टोलीको प्रशिक्षकको भूमिकामा अर्का प्रशिक्षक बालगोपाल महर्जनलाई एन्फाले नियुक्त गरेको थियो।

राष्ट्रिय टोलीका पूर्व कप्तान शाक्यले नेपालले सन् १९९८ र १९९३ मा दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दाका सदस्य हुन्। १९९३ मा नेपालले स्वर्ण पदक जित्दा शाक्य कप्तान थिए। 

खेल जीवनपछि लगातार प्रशिक्षणमा रहेका शाक्य नेपालले एएफसी सोलिडारिटी कप जित्दा प्रशिक्षक दिए। त्यस्तै उनकै प्रशिक्षणमा नेपाली यू २३ टोलीले भारतमा दुई बर्षअघि १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।