बिहीबार, साउन २८, २०८३

राजधानीवासीलाई पानीको अभाव हुन नदिन योजना बन्दैछ : मन्त्री चौधरी

खानेपानीमन्त्री उमाकान्त चौधरीले राजधानीवासीलाई खानेपानीको अभाव हुन नदिने योजना बनिरहेको बताएका छन्। हेलम्बुमा बिहीबार मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार, अम्बाथानको निरीक्षण गर्दै यस्तो बताएका हुन्।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

सिन्धुपाल्चोक- खानेपानीमन्त्री उमाकान्त चौधरीले राजधानीवासीलाई खानेपानीको अभाव हुन नदिने योजना बनिरहेको बताएका छन्। हेलम्बुमा बिहीबार मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार, अम्बाथानको निरीक्षण गर्दै यस्तो बताएका हुन्। 

'मेलम्चीको विकल्पमा बागमती नदीबाट दैनिक ५ करोड लिटर पानी थप गर्न बोलपत्र आह्वान भइसकेको छ। त्यस्तै ५ करोड लिटर भूमिगत पानीको व्यवस्था गरी राजधानीवासीलाई अभाव हुन नदिने सरकारको योजना छ। त्यस्तै सिस्नेरी, ठोस्ने र महादेव खोलाबाट पानी ल्याउने विषयमा अध्ययन भइरहेको छ,' मन्त्री चौधरीले बताए।

वर्षाको समय सुरु हुन लागेको र विगतमाझैँ खानेपानीको संरचनामा क्षति नहोस् भनेर यसका लागि आफू विज्ञ, कर्मचारीसहित अनुगमनमा आएको मन्त्री चौधरीले बताए। 

मौसम पूर्वानुमान महाशाखा, विज्ञ, कर्मचारीको सल्लाहअनुसार जुनसुकै बेला मेलम्चीको सुरुङको पानी खोलामै पठाई गेट बन्द गरिने उनको भनाइ छ। गेट नम्बर ३९, ९, १८ र अम्बाथान मुख्य अडिटमा हाइड्रोलिक गेट हालिने र यो भारतबाट केही दिनमै नेपाल आइपुग्ने उनले बताए। बाढीपहिराले क्षति नगरोस् भनेर अम्बाथान अडिट अगाडि तार ग्याबिन वाल लगाइने भएको छ। उनले पानी पथान्तरण गर्ने गेट छेउको पहिरो नियन्त्रण गर्न र त्यसमाथि जोखिममा रहेका चार घर स्थानीय सरकारसँगको समन्वयमा सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिए। 

मन्त्री चौधरीले जल तथा मौसम पूर्वानुमान महाशाखा, विज्ञ, पानीको बहाव हेरेर तत्काल सुरुङको गेट बन्द गरी पानी खोलामा फर्काउन निर्देशन दिँदै अहिले सुरक्षा गेरेर बचाउन सके मनसुन सकिने बित्तिकै मेलम्चीको पानी फेरि काठमाडौँ लैजान सकिने बताएका थिए। 

उनले मेलम्चीका ठेकदार र कन्ट्याकटरको भुक्तानीलगायत जायज माग पूरा गर्न आफू तयार रहेको उल्लेख गरे। सामाजिक उत्थानको बजेटबारे  आज भोलिमा निर्णय हुने उनले जानकारी दिए। 

प्रकाशित: May 26, 2022| 16:32 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...