बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • 'बालेनहरू'ले राज्य गरे दलको अस्तित्व समाप्त हुँदै जान्छ : झलनाथ खनाल

'बालेनहरू'ले राज्य गरे दलको अस्तित्व समाप्त हुँदै जान्छ : झलनाथ खनाल

दलहरू संविधानको मर्मअनुसार अघि नबढ्दा राजनीतिक दललाई संकट पर्ने उनको भनाइ छ। 'संविधानको मर्मअनुसार अघि बढेनौँ भने इतिहासमा पछि पर्छौँ। र धेरै बालेनहरू जन्मनेछन्। बालेनहरूले राज्य गर्नेछन्। दलको अस्तित्व समाप्त हुँदै जानेछ,' नेता खनालले संसदमा भने।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले बालेनहरूले राज्य गरे राजनीतिक दलको अस्तित्व समाप्त हुने बताएका छन्। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेता खनालले यस्तो बताएका हुन्। 

National life

दलहरू संविधानको मर्मअनुसार अघि नबढ्दा राजनीतिक दललाई संकट पर्ने उनको भनाइ छ। 'संविधानको मर्मअनुसार अघि बढेनौँ भने इतिहासमा पछि पर्छौँ। र धेरै बालेनहरू जन्मनेछन्। बालेनहरूले राज्य गर्नेछन्। दलको अस्तित्व समाप्त हुँदै जानेछ,' नेता खनालले संसदमा भने। 

उनले यो संसदको अन्तिम भएको भन्दैमा संविधानको मर्म र दिशा निर्देशनलाई छोड्न नमिल्ने उल्लेख गरे।

नीत तथा कार्यक्रममा भूमिसुधारको कुरा नभएको समेत उल्लेख गरे। 'नेपालको भूमिसुधार गर्ने भनेको भूमिसम्बन्धी तथ्यांक अद्यावधिक गर्नुपर्‍यो। सिंगो देशको कुनै पनि टुक्रा क्लिक गर्दा हेर्न सक्ने बनाउनुपर्‍यो। हाम्रो भूसम्पत्तिलाई न्यायोचित रूपमा वितरण गर्न आवश्यक छ।'

प्रकाशित: May 26, 2022| 16:09 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...