बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नीति तथा कार्यक्रममा 'भरमार' अंग्रेजी शब्द प्रयोग भएको भन्दै भीम रावलको आपत्ति

नीति तथा कार्यक्रममा 'भरमार' अंग्रेजी शब्द प्रयोग भएको भन्दै भीम रावलको आपत्ति

प्रमुख प्रतिपक्षी दल भीम रावलले सरकारो नीति तथा कार्यक्रममा भरमार अंग्रेजी शब्दको प्रयोग गरिएको आरोप लगाएका छन्। उनले त्यस्ता शब्दलाई हटाएर सम्भव भएसम्म नेपाली भाषाकै शब्द प्रयोग गर्न माग गरेका छन्।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं- प्रमुख प्रतिपक्षी दल भीम रावलले सरकारो नीति तथा कार्यक्रममा भरमार अंग्रेजी शब्दको प्रयोग गरिएको आरोप लगाएका छन्। उनले त्यस्ता शब्दलाई हटाएर सम्भव भएसम्म नेपाली भाषाकै शब्द प्रयोग गर्न माग गरेका छन्। 

'नेपालको संविधानको धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा राष्ट्रभाषा हुनेछ भन्ने उल्लेख गरिएकाले छ। तर नीति तथा कार्यक्रममा भरमार अंग्रेजी शब्दको प्रयोग गरिएको छ। सबै विवरण यहाँ उल्लेख गरिसाध्य छैन। नाम जनाउने र विकल्प नभएका प्राविधिक शब्दावलीबाहेक नेपाली शब्द प्रयोग गर्नुपर्छ,' उनले भनेका छन्, 'यसबाहेक पनि थुप्रै विषयमा भाषागत त्रुटि छन्। यसलाई सुधार गर्नुपर्छ। यति धेरै अंग्रेजी भाषाको प्रयोग यसअघिका कुनै पनि नीति तथा कार्यक्रममा उल्लेख थिएन। यसले हाम्रो राष्ट्रियतामाथि नै प्रश्न उठाएको छ।' 

प्रकाशित: May 26, 2022| 14:59 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...