मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवालाई ओलीको प्रश्न- लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो कि होइन?

देउवालाई ओलीको प्रश्न- लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो कि होइन?

'ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सीमा सम्बन्धमा बाँकी रहेका विषय समाधान गरिनेछ,' आगामी आवको नीति तथा कार्यक्रमको बुँदा नम्बर १३९ मा उल्लेख छ।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं- पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको हो कि होइन भन्दै सरकारलाई प्रश्न गरेका छन्। आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै ओलीले यस्तो प्रश्न गरेका हुन्। 

National life

आफ्नो सरकारले ल्याएको पुरानो नीति तथा कार्यक्रमको प्रसंग उल्लेख गर्दै उनले वर्तमान सरकारले त्यो भन्दा पछि हटेर नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गरे। 'ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सीमा सम्बन्धमा बाँकी रहेका विषय समाधान गरिनेछ,' आगामी आवको नीति तथा कार्यक्रमको बुँदा नम्बर १३९ मा उल्लेख छ। 

'सरम लाग्छ। यो भन्दा कायरता के हुन्छ? लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो कि होइन? सरकार यो जमिन फिर्ता ल्याउँछु भन्न सक्छ कि सक्दैन?,' प्रधानमन्त्री शेरबहादुर देउवालाई ओलीले प्रश्न गर्दै थपे, 'यो भूमि नेपालको हो। प्रधानमन्त्रीको जवाफ चाहियो। यो भन्न सक्नुहुन्न भने सरकारको नेतृत्व गर्ने भनेको के हो? आफ्नो भूमिलाई आफ्नो भन्न सक्नुहुन्न भने के हो सरकारको नेतृत्व भनेको? केही पनि सक्नुहुन्न अनि नेतृत्वविहीन भएन सरकार? प्रतिपक्षले जिम्मा लिनुपर्ने हो राष्ट्रिय अखण्डताको जिम्मा? जवाफ चाहिन्छ।'

लामो समयदेखि भारतले नियन्त्रणमा राखेको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर निवर्तमान ओली सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेका थिए। 

प्रकाशित: May 26, 2022| 14:01 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...