मंगलबार, असार ९, २०८३

इपीजी प्रतिवेदन बुझ्न देउवालाई ओलीको आग्रह

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन बुझ्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन बुझ्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी भएका अध्यक्ष ओलीले संसदमा यस्तो बताएका हुन्।

National life

'नेपाल र भारतका प्रधानमन्त्रीले औपचारिक वार्तामा बसेर गठन गगरिएको  इपीजीले बनाएको प्रतिवेदन बनाएको छ। त्यो प्रतिवेदन बुझेबुझाएको छैन,' ओलीले भने, 'भारतले मानेन भनिएको छ। यौटा प्रधानमन्त्रीले पहिले बुझ्न पर्‍यो नि। सम्माननीय प्रधानमन्त्रीले त्यो प्रतिवेदन बुझ्नुस्। सदनलाई जानकारी गराउनुहोस्। दुई सरकारले औपचारिक रूपमा बनाएको प्रतिवेदन तयार भएको दुई वर्ष भन्दा बढी भयो। तर नेपालले किन बुझ्दैन? किन जनतालाई बताउँदैन। त्यो बुझेर जनतालाई जानकारी गराउनुहोस् भन्ने आग्रह गर्छु।'

भारतीय प्रधानमन्त्रीले समय नदिएको कारण बताउँदै प्रतिवेदन बुझिएको छैन। ग्रुपमा सहभागी दुवै पक्षका सदस्यहरूले भने आफूहरू प्रतिवेदन बुझाउन तयार भएपनि समय नदिइएको बताउँदै आएका छन्। 

प्रतिवेदनमा नेपाल-भारतका विविध पक्षबारे सुझाव दिइएको उल्लेख गरिँदै आएको छ। 


प्रकाशित: May 26, 2022| 13:30 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...