मंगलबार, असार ९, २०८३

निर्वाचनजस्तो भएन निर्वाचन : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचन निर्वाचनजस्तो नै नभएको टिप्पणी गरेका छन्।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचन निर्वाचनजस्तो नै नभएको टिप्पणी गरेका छन्।

National life

प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट नहाले देश दुर्घटनामा जान्छ भनेर जनतालाई धम्की दिइएको आपत्ति जनाए। ‘मान्छेले द्वन्द्वकाल सम्झिए। छोराछोरी विदेशिनु परेको सम्झिए। भाषण वाणको रुपमा निस्किँदा निस्किँदा मानिस थरथर काँपे। दुर्घटना भनेपछि मानिसमा त्रास छायो। प्रलोभन बाँडियो। पैसा बाँडियो,’ ओलीले भने। 

कांग्रेसले नजितेका ठाउँमा बजेट दिइन्न भनिएकोमा पनि ओलीले आपत्ति जनाए। उनले कांग्रेसले जितेर डडेलधुरामा मेडिकल कलेज जाने भएको बताए। ‘प्रधानमन्त्रीको आफ्नै वडामा केही जाने भएनछ, किनकि त्यहाँ कांग्रेसले जितेको छैन,’ ओलीले व्यंग्य गरे।

कांग्रेसको नेतृत्वबाट आफूले तोकेको व्यक्तिलाई मत नदिए कारबाहीको चेतावनी आएको उनले बताए। ‘मानौं, पार्टी प्राइभेट लिमिटेड हो। सत्ता पक्षका कार्यकर्ताहरूबाट आम मतदातालाई तत्काल दुःख दिनेमात्र नभई भविष्य नै समाप्त पार्नेसम्मका धम्की आए। माथिको आदेशले राष्ट्रसेवकहरूलाई गलत ढंगले परिचालन गर्ने कुरा भए,’ ओलीले भने।

गठबन्धनलाई भोट नदिए बजेट, कुनै सेवासुविधा, सुरक्षा र रोजगार नदिने जस्ता त्रास दिइएको उनको आरोप छ। राज्यसत्ताको चरम दुरुपयोग भएको उनले बताए। मतगणनाको सुरुमा आएका परिणाम र विलम्ब हुँदै आएका परिणाममा फरक रहेको उनको दाबी छ। पछि सत्ताको दुरुपयोग हुँदै गएको ओलीले बताए। 

Shivam cement

‘आफूले भनेका उम्मेदवारलाई मतदान गर्न पाइएन। आफूले चाहे अनुसारको मतपरिणाम पनि आएन। जितेकोमा गर्व गरिरहनु भएको होला, धेरै फुरफुर देखिएको छ। अशक्त, वृद्धहरूको मत कार्यकर्ताले खसाएका छन्। त्यसैले निर्वाचन निर्वाचन जस्तो भएन,’ उनले भने।

राष्ट्रलाई अँध्यारो सुरुङतर्फ धकेल्ने प्रयास यस निर्वाचनबाट भएको ओलीको आरोप छ। चौतर्फी घरेबन्दीका बाबजुद पनि उल्लेख्य मतका साथ आफ्नो पार्टीका जनप्रतिनिधि निर्वाचित भएको उनले बताए। यो चरित्र सधैं नचल्ने उनले बताए। उनले एमाले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने बताए। निर्वाचनका क्रममा कर्तव्य भुलेर अपराधमा संलग्न व्यक्तिमाथि कारबाहीको माग पनि ओलीले गरे।

प्रकाशित: May 26, 2022| 12:10 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...