काठमाडौं- नेपाल र अफगानिस्तानको राष्ट्रिय फुटबल टोलीबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ। नेपाली टोली र अफगानिस्तानबीचको खेल कार्तिक २८ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। अफगानिस्तान फुटबल टोली ५ वर्षपछि नेपाल आउन लागेको हो।
यसअघि साफ च्याम्पियसिपका लागि नेपाल आउँदा अफगानिस्तान टोली पहिलो पटक च्याम्पियन बनेको थियो। त्यति बेला दशरथ रंगशालामा नेपाललाई सेमिफाइनलमा टाइब्रेकरमा हराउँदै अफगानिस्तान फाइनल पुगेको थियो।
रोहित चन्दले दुई पटक पेनाल्टी चुकाएपछि नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने अवसरबाट बञ्चित भएको थियो। जसका कारण रोहित निकै आलोचित बनेका थिए। फाइनलमा टोलीले भारतलाई हराएको थियो। अहिले भने अफगानिस्तान साफ च्याम्पियनसिपबाट अलग भइसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४