मंगलबार, असार ९, २०८३

निर्वाचनमा धाँधली भएकाले मतपरिणाम आउन ढिलो भयो : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनमा धाँधली भएका कारण मतगणनामा ढिलाइ भएको बताएका छन्।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनमा धाँधली भएका कारण मतगणनामा ढिलाइ भएको बताएका छन्।

National life

प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले निर्वाचन स्वच्छ र धाँधलीरहित नभएको दाबी गरे। 

मतदान सकिएको १४ दिनसम्म पनि मतपरिणाम नआउनु दुखद् भएको उनले बताए। ‘अनेक पटक सार्ने षड्यन्त्रका बाबजुद निर्वाचन भएको छ। नीति तथा कार्यक्रमको प्रारम्भमा सरकारले निर्वाचन भयरहित र निष्पक्ष भएको उल्लेख गरेको छ। निर्वाचन लोकतन्त्रको अपरिहार्य मानक हो। निर्वाचन विनाको लोकतान्त्रिक व्यवस्था कल्पना गर्न सकिन्न। गठबन्धनको सरकारले त आगामी चैतमा निर्वाचन गर्ने षड्यन्त्र गरेको थियो,’ ओलीले भने।

उनले आफूहरूको तीब्र दबाबले निर्वाचन सम्पन्न भएको बताए। रुकुममा भोट पाउनका लागि मतदाताको हत्या गरिएको आरोप उनले लगाए। ‘भोट पाउनका लागि मतदाताको हत्या गरेर जंगलमा फाल्ने काम गरिएको छ। विभिन्न ठाउँमा मतदाता घाइते भएका छन्। सार्वभौम अधिकारबाट आफ्नो प्रतिनिधि छान्ने अधिकारबाट बञ्चित गर्ने काम गरिएको छ,’ उनले भने।

उनले निर्वाचनका क्रममा घाइते भएका मतदाताको उपचार गर्न सरकारले ध्यान दिनुपर्ने बताए। 

Shivam cement

अध्यक्ष ओलीले एमालेलाई हराउन बुथ कब्जा गरिएको र उम्मेदवारको घरमा बम पड्काइएको आरोप लगाए। बुथ कब्जा नगर भन्दा आफ्ना कार्यकर्ता पक्राउ परेको ओलीको दाबी छ।

एमालेलाई पत्तासाफ गर्ने सत्ता गठबन्धनको नीति रहेको र त्यो निर्वाचनका क्रममा प्रकट भएको उनले बताए। केही ठाउँमा छिटफुट घटना भएका होलान् भनेर सुरुको दिन ठाने पनि विस्तारै बुझ्दा धेरै ठाउँमा धाँधली भएको र धेरै ठाउँमा मतदान स्थगित भएको उनले बताए। धेरै ठाउँमा प्रतिपक्षी नभई सत्ता पक्षका कारण आन्दोलन भएको उनको दाबी छ। जसरी नि जित्नैपर्छ कुरा छोड अरु भनेर सत्ता गठबन्धनले गीतै बनाएको ओलीको आरोप छ।

प्रकाशित: May 26, 2022| 11:31 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...