बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संसद्‍मा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु, रोष्ट्रममै बसेर बोले ओली

संसद्‍मा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु, रोष्ट्रममै बसेर बोले ओली

सरकारले गत मंगलबार प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि संसद्मा छलफल सुरु भएको छ।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

काठमाडौं– सरकारले गत मंगलबार प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि संसद्मा छलफल सुरु भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९–०८०को नीति तथा कार्यक्रममाथि संसद्‌मा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि छलफल सुरु भएको हो।

सबैभन्दा पहिले सभामुख अग्नि सापकोटाले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता केपी ओलीलाई समय दिएका छन्। ओलीले आफू अस्वस्थ भएको भन्दै रोष्ट्रममै बसेर बोल्न अनुमति मागेका छन्। त्यसपछि मर्यादापालकले त्यहीँ कुर्सीको व्यवस्था गरिदिएका छन्। 


प्रकाशित: May 26, 2022| 11:16 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...