मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मन्त्री झाँक्रीले भनिन्- बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधन हुन्छ

मन्त्री झाँक्रीले भनिन्- बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधन हुन्छ

नुवाकोटका सांसद हितबहादुर तामाङले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको फोहर व्यवस्थापनमा देखिएका समस्या दीर्घकालीन समाधानका उपाय खोजेर अघि बढ्न सुझाव दिए। उनले यो समस्या बारम्बार दोहोरिन नदिन स्थानीय सरकारलाई समेत जवाफदेही बनाउनुपर्ने बताए।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं- सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्। मन्त्रालयमा मंगलबार आयोजित सर्वपक्षीय छलफलमा उनले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थित गर्न स्थानीयको पनि महत्वपूर्ण भूमिका रहेको र उनीहरूका मागप्रति नजरअन्दाज पनि नगरिने बताइन्।

National life

मन्त्री झाँक्रीले भनिन्, 'बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थापन हाम्रो साझा काम हो भनेर अघि बढौँ। बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटले काठमाडौँको फोहर व्यवस्थापनमा नयाँ मोड ल्याउनेछ । स्थानीयका जायज मागप्रति सरकारले नजरअन्दाज गर्दैन।'

छलफलमा धादिङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भूमि त्रिपाठीले आयोजना प्रभावित क्षेत्रको प्राविधिक टोलीको अध्ययनअनुसार सरकारले जग्गा अधिग्रहण गर्नुपर्ने बताइन्। नुवाकोटका सांसद हितबहादुर तामाङले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको फोहर व्यवस्थापनमा देखिएका समस्या दीर्घकालीन समाधानका उपाय खोजेर अघि बढ्न सुझाव दिए। उनले यो समस्या बारम्बार दोहोरिन नदिन स्थानीय सरकारलाई समेत जवाफदेही बनाउनुपर्ने बताए। 

धादिङको धुनीबेंशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थापन सबैको साझा दायित्वको विषय भएको र यसका व्यावहारिक पक्षमा ध्यान दिन आवश्यक रहेको बताए। उनले साइटमा फालेको फोहर उचितरूपमा व्यवस्थापन गर्नुपर्ने बताए।

नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले सरकारले फोहर व्यवस्थापनको नीति मात्र बनाउने नभई कार्यान्वयनमा समेत जोड दिनुपर्ने बताए। शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वअन्तर्गत पर्ने भएकाले आयोजना प्रभावितलाई सरकारले विशेष सम्बोधन गर्नुपर्नेसमेत बताए।

Shivam cement

छलफलमा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख रवीन्द्र बोहरा, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनाली, ककनी गाउँपालिका र धुनीबेंशी नगरपालिकाका जनप्रतिनिधि, बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट क्षेत्रका आयोजना प्रभावित क्षेत्रका स्थानीयलगायतको उपस्थिति थियो।

प्रकाशित: May 25, 2022| 21:20 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...