मंगलबार, असार ९, २०८३

शपथ ग्रहणपछि चिरिबाबुले भने– अब पार्टीको होइन, जनताको कुरा गर्ने

ललितपुर महानरपालिकाको मेयरमा विजयी चिरिबाबु महर्जनले शपथ ग्रहण गरेका छन्।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९
National life
Shivam cement

काठमाडौं– ललितपुर महानरपालिकाको मेयरमा विजयी चिरिबाबु महर्जनले शपथ ग्रहण गरेका छन्। बुधबार मेयरमा निर्वाचित महर्जन र उपमेयरमा निर्वाचित मञ्जली शाक्यले अबको काम महानगरवासीमा समर्पित हुने बताए।

मेयरमा महर्जनको यो दोस्रो कार्यकाल हो। महानगरका समस्या समाधानका लागि आफू तत्पर रहने उनले बताए। निर्वाचन अघिसम्म पार्टीका कुरा गरे पनि अब जनताका समस्या समाधान गर्ने उद्घोष उनले गरे।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता महर्जन ललितपुर महानगरको मेयरमा विजयी बनेका हुन्। उपमेयरमा नेकपा एमालेकी मञ्जली शाक्य निर्वाचितभइन्। मेयर महर्जनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १६२ मतान्तरले पराजित गरेका हुन्।

प्रकाशित: May 25, 2022| 18:05 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...