काठमाडौं– नेकपा एकीकृत समाजवादीले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिलाई यही जेठ १७ गतेभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ। पार्टीका महासचिव डा. बेदुराम भुसालले बुधबार वक्तव्य जारी गर्दै सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएका हुन्।
‘तपाईंहरुलाई जनताले ठूलो विश्वास गरेर मत दिएका छन्। जनताको विश्वासप्रति सधैं इमान्दार रहनु होला। जनताको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्नु होला,’ वक्तव्यमा उल्लेख छ। निर्वाचनको बेला गरेको प्रतिबद्धता र ऐन तथा कानुनहरुको परिधिमा रहेर काम गर्न पनि जनप्रतिनिधिहरुलाई एकीकृत समाजवादीले निर्देशन दिएको छ।
साथै यही जेठ १७ गतेभित्र सम्पत्ति सार्वजनिक गर्न निर्देशन दिनुका साथै त्यसको अनुगमन जिल्ला कमिटीलाई गर्न पनि निर्देशन दिइएको छ।