बिहीबार, साउन २८, २०८३

चुनाव परिणामबारे बोले ओली, भने– अन्तरघात गर्न कहाँबाट सिकेछन्?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वैशाख ३० गते भएको स्थानीय तह चुनावमा पार्टीले हार्नुको मुख्य कारण अन्तरघात भएको बताएका छन्।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वैशाख ३० गते भएको स्थानीय तह चुनावमा पार्टीले हार्नुको मुख्य कारण अन्तरघात भएको बताएका छन्।

बुधबार बानेश्वरस्थित संसद् भवनमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले अन्य दलका कारण नभई एमालेकै कारण चुनाव हारिएको बताएका हुन्।

‘अरू पार्टीका कारण होइन, ‍यसपटक एमालेमा अन्तरघात भयो। यस्तो गर्न कहाँबाट सिकेछन्, यस विषयमा बृहत्‌ रूपमा समीक्षा गरिनुपर्छ। चार महानगरमा हामीले उपमेयर जित्यौं तर मेयर जित्न सकेनौं। अन्तरघातका कारणले यस्तो भएको हो,’ ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भने।

एमाले यसपटकको चुनावमा दोस्रो दल बनेको छ। २०७४ को चुनावमा २९४ वटा पालिका प्रमुख जितेको एमालेले यसपालि २०३ पालिकामा चित्त बुझाउनु परेको छ। अघिल्लो चुनावमा देशको पहिलो दल बनेको एमाले अहिले दोस्रोमा झरेको छ। 

चुनावी परिणामपछि ओलीले आज पहिलो पटक बोलेका हुन्। मतपरिणामको सुरुवाती रुझानमै एमालेले चुनावमा धाँधली भएको आरोप लगाएको थियो। एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका थिए। त्यसपछि भने निर्वाचनको मतपरिणाम करिबकरिब आइसक्दा पनि एमाले खुलेर बोलेको थिए।

केही दिनअघि मात्र पत्रकारसँग भेटघाट कार्यक्रम गरेका एमाले अध्यक्ष केपी ओलीले चुनावको परिणामलाई लिएर मुख खोलेनन्। बरु ‘जेनेटिक मेमोरी’बारे प्रवचन सुनाएर आफ्नो कुरा सकेका थिए। 

प्रकाशित: May 25, 2022| 17:14 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...