मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • इन्धनमा मूल्यवृद्धिविरुद्ध राष्ट्रियसभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

इन्धनमा मूल्यवृद्धिविरुद्ध राष्ट्रियसभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन्।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९
National life
Shivam cement

काठमाडौं– राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन्। उनीहरूले इन्धनको मूल्यवृद्धिमाथि छलफलको माग गर्दै प्रस्ताव दर्ता गराएका हुन्।

प्रस्तावको प्रस्तावकमा एमालेका प्रमुख सचेतक देवेन्द्र दाहाल छन्। पेट्रोलियम पदार्थको मूल्य स्वचालित कार्यविधिअनुसार नेपाल आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य परल मूल्यबमोजिम १५ दिनमा एकपटक समायोजन गर्न सक्ने प्रावधानविरुद्ध गएर पछिल्लो समय साता दिनभित्रै दुईपटक बढाइएको भन्दै त्यो फिर्ताको माग उनीहरूको छ।

सरकारसँग मूल्यवृद्धि न्यूनीकरणका लागि भएका प्रयासबारे खाका माग गर्न संसदमा छलफल गर्नुपर्ने जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरिएको उल्लेख छ। मूल्यवृद्धिका कारण प्रभावितहरूको जनजीवन सहज बनाउन सरकारका योजनाबारे जानकारी माग गर्न पनि छलफल आवश्यक भएको सांसदहरूको माग छ।

प्रकाशित: May 25, 2022| 15:48 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...