काठमाडौं– सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको छ। जेठ १० गते बसेको मन्त्रीपरिषद् बैठकले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो।
मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सचिवहरुको सरुवा पनि गरेको छ।
रविन्द्रनाथ श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवबाट राष्ट्रिय सतर्कता केन्द्रमा, सुरेश आचार्यलाई खोनपानी मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा, मणिराम गेलाललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट खानेपानी मन्त्रालयमा सरुवा गरेको छ।
त्यसैगरी सुशीलचन्द्र तिवारीलार्य राष्ट्रिय शतर्कता केन्द्रबाट उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा, गोपालप्रसाद सिग्देललाई नेपाल ट्रस्टको कार्यालयबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ।