मंगलबार, असार ९, २०८३

काठमाडौंको मेयरमा बालेनको जित निश्चित, उपमेयरमा सुनिता

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बानेन शाहको जित निश्चित भएको छ।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बानेन शाहको जित निश्चित भएको छ।

National life

प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंह र नेकपा एमालेका केशव स्थापितसँगको मतान्तरका आधारमा उनको जित सुनिश्चित भएको हो। 

गन्न बाँकी मतभन्दा बालेनको मतान्तर बढी छ। पछिल्लो मतपरिणामअनुसार बालेनले ५५ हजार ७७७ मत प्राप्त गरेका छन् भने सिर्जनाले ३५ हजार ३७१ र स्थापितले ३४ हजार ६२६ मत हात पारेका छन्।

बालेनले स्थापितभन्दा २१ हजार १२१ बढी मत प्राप्त गरेका छन्। त्यस्तै सिर्जनाभन्दा उनले २० हजार ३७६ मत बढी ल्याएका छन्। काठमाडौंका ३२ मध्ये २७ वटा वडाको मतगणना सकिएको छ। अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ को मतगणना भइरहेको छ। अब करिब १९ हजार ३ सय मतमात्र गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ। उनले प्रतिस्पर्धी उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले भन्दा झन्डै तेब्बर मत ल्याइसकेकी छन्। डंगोलले ५३ हजार ६४२ मत ल्याउँदा श्रेष्ठको मत १७ हजार ७६५ छ।

Shivam cement

प्रकाशित: May 25, 2022| 13:14 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...