बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संसदीय निर्वाचनमा लोकप्रिय उम्मेदवार छान्नुपर्छ : महामन्त्री थापा

संसदीय निर्वाचनमा लोकप्रिय उम्मेदवार छान्नुपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश सभा र संघीय चुनावको तयारीमा जुट्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश सभा र संघीय चुनावको तयारीमा जुट्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। आगामी मंसिर वा फागुनमा प्रदेश र संघीय संसद्को निर्वाचन हुने भन्दै उनले त्यसको तयारीमा जुट्न आग्रह गरेका हुन्।

‘आमचुनावको तयारीमा जुट्नुस्, हामीसँग समय धेरै छैन। उम्मेदवार छनोट गर्दा लोकप्रिय उम्मेदवार छान्नुपर्छ, पहिले कमजोरी भएका छन् भने सच्याउनुपर्छ,’ भक्तपुरमा आज आयोजित कार्यक्रममा थापाले भने। 

उनले स्थानीय चुनावबाट कांग्रेसले धेरै सिट जितेको मात्र नभई मत पनि बढेको बताए। उनले कांग्रेसबाट उम्मेदवार भई स्थानीय चुनाव जितेकाहरूलाई प्रशिक्षण दिने जानकारी दिए। उनले भने, ‘उहाँहरूलाई प्रशिक्षण दिन्छौं र निरन्तर मूल्यांकन गरिन्छ।’ 

प्रकाशित: May 25, 2022| 10:52 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...