मंगलबार, असार ९, २०८३

काठमाडौंमा पाँचवटा वडाको गणना बाँकी, बालेनको फराकिलो अग्रता

काठमाडौं महानगरपालिकाका २७ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर १ देखि १२ सम्म र १८ देखि ३२ सम्मको मतगणना सकिएको छ।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाका २७ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर १ देखि १२ सम्म र १८ देखि ३२ सम्मको मतगणना सकिएको छ।

National life

अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ वडाको मतगणना जारी  छ। हालसम्म १ लाख ६६ हजार ३१३ मतगणना हुँदा मेयर पदमा १ लाख ३९ हजार ९६५ सदर मत परेको छ। ६ हजार ५३२ मत पूर्ण रुपमा बदर भएको छ।

मेयरमा सुरुदेखि नै अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन शाह फराकिलो मतान्तरका साथ अहिले पनि अग्रस्थानमा छन्। नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा छन्।

बालेनले ५४ हजार २१२ मत प्राप्त गर्दा सिंहले ३४ हजार १८० र केशव स्थापितले ३३ हजार ६०९ मत ल्याएका छन्।

चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १० हजार ९६३ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार मदनदास श्रेष्ठले ५ हजार ८१ मत प्राप्त गरेका छन्।

Shivam cement

विवेकशील साझा पार्टीकी मेयर उम्मेदवार समीक्षा बाँस्कोटाले ५९५ मत पाएकी छन्। 

प्रकाशित: May 25, 2022| 10:34 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...