इंग्ल्यान्ड- आर्सनलका बहुमत शेयर होल्डर स्टेन क्रोन्केले पुरै क्लब किन्ने प्रस्तावलाई अर्का शेयर होल्डर अलिसर उस्मानोभले स्वीकार गरेका छन्। ३० प्रतिशत शेयर भएका अलिसरले ५५० मिलियन पाउण्डको स्टेनको प्रस्तावलाई स्वीकार गरेका हुन्।
अमेरिकी अरबपति स्टेनको आफ्नो कम्पनी केएसईबाट ६७ प्रतिशत शेयर रहेको बताउदै अन्ये शेयर पनि किन्ने घोषणा गरेका थिए। ‘मैले आर्सनलमा आफ्नो शेयर बेच्ने फैसला गरे। जो दुनियामा सबै भन्दा राम्रो क्लब हुन सक्छ’अलिसरले भने, ‘आफ्नो शेयर भएपनि उस्मानोभ भने आर्सनलको निर्णय बोर्डमा छैन्।’
जबकी क्लबको मुल्य १.८ बिलियन पाउण्ड रहेको बताइएको छ। तर, क्लबलाई ५५० मिलिया पाउण्डमा किन्न स्टेनले प्रस्ताव गरेका थिए। क्लबलाई आफ्नो निजीमा लिए क्लबको रणनिती र महत्वकांक्षलाई अघि बढाउन सजिलो हुने स्टेनले बताएका छन्। मंगलबर स्टक एक्सचेन्जको खरिदको घोषणा गरेको छ। मे २०१७ मा मेटल म्याग्नेटले अमीरात संगठन किन्न १ बिलियन पाउण्डको बोली लगाएका थिए । तर क्रोन्केले उनको बोलीलाई अस्वीकार गरेका थिए।
क्लबका लागि केएसईको महत्वकांक्षले प्रिमियर लिग र च्याम्पियन्स लिगका साथ साथै महिलाको बरिष्ठ खेल र युवा स्तरमा प्रमुख ट्रफी जित्नका लागि प्रतिस्पधार्न गर्न सहज हुने स्टक एक्सचेन्जले बताएको छ। २०११ देखी क्लबको प्रशिक्षक, खेलाडी किन बेच, विश्लेषण, खेल प्रबन्धकका लागि केएसईले लगानी गर्दै आएको बताएको छ।
गत सिजन आर्सनल प्रिमियर लिगमा छैठौं स्थानमा थियो भने युरोपा लिगको समूह चरणबाट क्वालिफाई भयो । आर्सनलले आइतबार बाट म्यान्चेस्टर सिटीसँग खेल्दै आफ्नो प्रिमियर लिगको सुरुवात गर्दै छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४