बिहीबार, चैत १२, २०८२

एन्फाले राजुलार्इ पठायो तीन दिने पुर्जी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक राजुकाजी शाक्यबीच छलफल हुने भएको छ। विना जानकारी राष्ट्रिय टोलीको प्रशिक्षकबाट हटाइएको भन्ने समाचार सार्वजनिक भएपछि दुई पक्षबीच छलफहुने बताइएको हो। 

शाक्यले राष्ट्रिय टोलीलाई सम्हाल्दै आएको प्रशिक्षकको भूमिकामा अर्का प्रशिक्षक बालगोपाल महर्जनलाई एन्फाले नियुक्त गरेको थियो। विना सूचना हटाएको भन्दै सञ्चारमाध्यममा व्यापक आलोचना भएपछि एन्फाले शाक्यलाई छलफलका लागि भन्दै बिहीबार पत्र पठाएको छ।
  
‘हामीले उहाँ तीन दिन भित्र छलफलका लागि आउन आग्रह गर्दै पत्रचार गरेका छौं,’ एन्फाका प्रवक्ता किरण राईले भने,‘ उहाँको विषयमा एन्फालाई छोडेर सञ्चारमाध्यममा आएको समाचारले एन्फाको ध्यानाकर्षण भएको छ।’ शाक्यले पनि एन्फाबाट पत्र प्राप्त भएको र आफु छलफलमा जान तयार रहेको बताएका छन् । ‘छलफलको लागि एन्फाले बोलाएको पत्र पाए,’ शाक्यले भने,‘ भोली वा पर्सी छलफलका लागि जान्छु।’
 
एन्फाले यो विषयमा पहिले नै छलफल गरेको भए अझ उपयुक्त हुने शाक्यको भनाई छ। ‘एन्फाले यो विषयमा मसँग पहिले नै सल्लाह गरेको भए सायद विषय यहाँ सम्म आउने थिएन,’ उनले भने, ‘ढिलै भएपनि एन्फाले यो विषयलाई सम्बोधन गरेको छ।’छलफलबाट समाधान निस्कनेमा दुवै पक्षले आशावादी भएको बताएका छन्।

राष्ट्रिय टोलीका पूर्व कप्तान शाक्यले नेपालले सन् १९९८ र १९९३ मा दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दाका सदस्य हुन्। १९९३ मा नेपालले स्वर्ण पदक जित्दा शाक्य कप्तान थिए। खेल जीवनपछि लगातार प्रशिक्षणमा रहेका शाक्य नेपालले एएफसी सोलिडारिटी कप जित्दा प्रशिक्षक दिए। त्यस्तै उनकै प्रशिक्षणमा नेपाली यू २३ टोलीले भारतमा दुई बर्षअघि १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।