बिहीबार, चैत १२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • कीर्तिमानी मूल्यमा कीपा चेल्सीमा र चेल्सीका थिवाउट रियलमा अनुबन्ध

कीर्तिमानी मूल्यमा कीपा चेल्सीमा र चेल्सीका थिवाउट रियलमा अनुबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
लन्डन- क्लब चेल्सीले गोलकिपर कीपा अरिजाब्लागालाई विश्व कीर्तिमानी मूल्यमा क्लबमा अनुबन्ध गरेको छ। चेल्सीले समर ट्रान्सफरको अन्तिम दिन स्पेन तथा एथ्लेटिको बिल्वाओका गोलकिपर कीपा अरिजाब्लागालाई गोलकिपरका लागि विश्व कीर्तिमानी मुल्य ७२ मिलियन पाउन्डमा सात वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो। 

चेल्सीमा अनुबन्ध भएसँगै अरिजाब्लागा विश्वकै सबैभन्दा महंगा गोलकिपर बनेका छन्। गत जुलाइमा लिभरपुलले ब्राजिलियन गोलरक्षक एलिसन बेकरलाई कीर्तिमानी मूल्य ६७ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो। यस्तै अरिजाब्लागा चेल्सीका लागि कीर्तिमानी अनुबन्ध बनेको छ। चेल्सीले यसअघि स्पेनिस स्ट्राइकर अल्भारो मोराटाका लागि ५८ मिलियन पाउण्ड खर्चिएको थियो। 

चेल्सीमा अनुबन्ध भएसँगै कीपाले चेल्सीले मलाई विश्वास गरेकोमा खुशीको सीमा नै नरेहको बताएका छन्। ‘यो मेरो करियर र व्यक्तिगत जीवनको महत्वपुर्ण निर्णय हो । क्लबले म बाट धेरै अपेक्षा गरेको छ । म मेरोतर्फबाट क्लबका लागि सक्दो सक्ने मिहेनत गर्नेछु,’ कीपाले भनेका छन्।

प्रिमियर लिग क्लब चेल्सी तथा बेल्जियमका गोलरक्षक थिवाउट कोर्टुवा स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्ध भएसँगै चेलसीले अरिजाब्लागालाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको हो।  

रियलले कोर्टुवालाई ३५ मिलियन पाउन्डमा ६ वर्षका लागि क्लबमा भित्र्याएको छ। रियलले सामाजिक संजाल ट्वीटरमा ‘स्वागत कोर्टियस’ भनेर ट्वीट गरेको छ। रुस विश्वकपमा उच्च प्रदर्शन गरेपछि रियलले कोर्टियसमाथि नजर लगाएको थियो। २६ बर्षीय कोर्टियस सन् २०११ मा जेन्कबाट चेल्सी आएका थिए। 

त्यसपछि कोर्टुवा लोनमा एट्लेटिको मड्रिडमा पुगेपछि २०१५ मा पुनः चेल्सी फर्किएका थिए। एथ्लेटिको बिल्वाओको पहिलो रोजाइको टिममा रहेर दुई सिजन बिताएर उच्च प्रदर्शन गरेका अरिजाब्लागाको गत जनवरीमा १७ मिलियन पाउन्ड मात्रै तोकिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।