मंगलबार, असार २३, २०८३

लिग वान सुरु, हाकिमीको डेब्यु गोलसँगै पीएसजीको सुखद् सुरुआत

फ्रान्सको शीर्ष डिभिजन फुटबल लिग वान शनिबार रातिबाट सुरु भएको छ। शनिबार सुरु भएको सिजन २०२१–२२ को आफ्नो पहिलो खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीले ट्रोअविरुद्ध जित निकालेको छ।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं– फ्रान्सको शीर्ष डिभिजन फुटबल लिग वान शनिबार रातिबाट सुरु भएको छ। शनिबार सुरु भएको सिजन २०२१–२२ को आफ्नो पहिलो खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीले ट्रोअविरुद्ध जित निकालेको छ।

शनिबार रातिको २–१ गोलको जितसँगै पीएसजीले नयाँ सिजनको सुखद सुरुआत गरेको हो। पछिल्लो सिजनका सुरुआति खेलहरुमा पराजित भएपछि पीएसजी लिग जित्नबाट पनि चुकेको थियो।

गएरातिको खेलमा पीएसजीको जितका लागि आर्चिफ हाकिमी र माउरो इकार्डीले गोल गरे। यता ट्रोअका आउलिड एल हज्जमले खेलको नवौं मिनेटमा गोल गरेपछि पीएसजी एक गोलले पछि परेको थियो।

एक गोलले पछि परेको अवस्थामा स्पेनिस फुटबल एन्डर हेरेराले दिएको पासको सदुपयोग गर्दै १९ औं मिनेटमा हाकिमीले गोल गरे। हाकिमीले यही खेलबाट लिग वानमा डेब्यू गरेका हुन्।

पहिलो गोलको दुई मिनेट पनि नबित्दै खेलको २१ औं मिनेटमा युवा फरवार्ड केलियन एम्बाप्पेले दिएको पासमा इकार्डीले गोल गरे। उनको गोलसँगै पीएसजीले खेलमा पुनरागमन गर्यो।

खेल आक्रामक रुपमा सुरु भए पनि त्यसपछि कुनै गोल हुन सकेनन्। अन्ततः पीएसजीले २–१ गोलको जित निकाल्यो।

यता पछिल्लो सिजन मात्र दोस्रो डिभिजनबाट बडुवा भएको ट्रोअले भने पहिलो खेलमा हार बेहोर्यो। त्यस्तै लिग वानकै अर्को खेलमा मोनाकोले नान्तेससँग १–१ गोलको बराबरी खेलेको छ भने लियोनले ब्रिस्टसँग पनि गोलको बराबरी खेलेको छ। लिग वानमा पहिलो चरणका बाँकी खेल आज राति हुँदैछ।

प्रकाशित: Aug 08, 2021| 07:56 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।