मंगलबार, असार ९, २०८३

भरतपुरको मेयर जितेपछि रेनुले भनिन् – बेरोजगारी अन्त्य गर्छु

भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले अबको कार्यकालमा महानगरपालिकामा बेरोजगारी अन्त्य गर्ने घोषणा गरेकी छन्।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

काठमाडौं– भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले अबको कार्यकालमा महानगरपालिकामा बेरोजगारी अन्त्य गर्ने घोषणा गरेकी छन्।

National life

भरतपुर महानगरपालिकाको मेयरमा जित निकालेसँगै मेयर दाहालले अबको पाँच वर्ष आफ्नो लागि अन्तिम कार्यकाल भएकोले शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा जोड दिने बताइन्।

उनले अबको पाँच वर्षमा भरतपुर महानगरपालिकामा बेरोजगार अन्त्य गर्नका लागि रोजगार बैंक स्थापना गर्ने, उद्योग ग्राम स्थापना गर्ने र उद्यमशिलताको विकास गरेर रोजगारी प्रवर्द्धन गर्ने कुरालाई विशेष प्राथमिकतामा राखेको बताइन्। मेयर दाहालले महानगरपालिकाको ढल व्यवस्थापनको लागि गुरुयोजना तयार गरेर काम गर्ने, नारायणी नदीको पुलको पुनर्निर्माणलाई अघि बढाउने पनि बताइन्।

उनले भरतपुर महानगरपालिकालाई देशकै हेर्न र गर्व गर्न लायक नमुना स्मार्ट सिटी निर्माणको संकल्प पूरा गर्ने, गौरवका आयोजनाहरु जस्तैः सिटी हल, प्रशासनिक भवन, ५ अर्ब बराबरको नारायणी तटबन्ध, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, महानगरीय रिङरोडको योजनालाई सम्पन्न गर्ने कुरा पहिलो प्राथमिकतामा राख्ने सुनाइन्। मेयर दाहालले गत कार्यकालमा बाँकी रहेका कामहरुलाई यो कार्यकालमा पूरा गर्ने लक्ष्य राखेको पनि बताइन्। उनले भरतपुरका बाँकी काम पूरा गरेर जनतालाई निराशा हुन नदिने बताइन्।

मेयर दाहालले सोचेको भन्दा राम्रो मतपरिणाम आएकोले जनताको चाहनाअनुसार जनताकै लागि काम गर्ने प्रतिवद्धतासमेत जनाइन्। ३ हजारदेखि ७ हजारसम्मको मतान्तरले आफू विजयी हुने आशा रहे पनि त्यो भन्दा बढी मतान्तरले विजयी हुनु अघिल्लो कार्यकालमा गरेको उपलब्धिको परिणाम भएको बताइन्। गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनमा भरतपुर महानगरपालिकालाई विशेष चासो र महत्वका साथ हेरिएको थियो। गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी  दाहालले उम्मेदवारी दिएकी थिइन् भने नेकपा एमालेबाट विजय सुवेदीले उम्मेदवारी दिएका थिए।

Shivam cement

त्यस्तै नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका थिए। निर्वाचनको मत परिणामअनुसार दाहालले ५२ हजार ३० मत पाएकी थिइन् भने उनका निकटतम प्रतिष्पर्धी सुवेदीले ३९ हजार ५८१ मत पाएका छन्। दुई जनाबीचको मतान्तर १२ हजार ४४९ रहेको छ। त्यस्तै स्वतन्त्र उम्मेदवार पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे। उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी ५२ हजार ८०३ मतसहित विजयी भए।

प्रकाशित: May 24, 2022| 15:42 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...