बिहीबार, असार ३२, २०८३

एसिया कपको बन्द प्रशिक्षणमा १९ खेलाडी, शरद 'आउट'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- एसिया कप छनोटका लागि राष्ट्रिय टिमका १९ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ। मलेसियामा हुने एसिया कप छनोटका लागि टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको समितिले बिहिबार १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। 

१९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गर्दा राष्ट्रिय टोलीका नियमित सदस्य शरद भेषावकर भने परेनन्। नेदरल्यान्ड्‍सविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा औंलामा चोट लागेपछि शरद मैदान बाहिर रहेका छन्। जसका कारण उनले दोस्रो खेल पनि गुमाएका थिए।

मंगलबारबाट शुरु हुने प्रशिक्षणमा कप्तान पारस, उपकप्तान ज्ञानेन्द्र मल्लसहित वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, किशोर महतो, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कार्मी, सुवास खकुरेल, सुनिल धमाला र सुशन भारी टोलीमा समेटिएका छन्।

१९ खेलाडीबाट एसिया कप छनोटका लागि १५ खेलाडीको अन्तिम नामवाली घोषणा हुने बताइएको छ। एसिया कप छनोट अगस्ट अन्तिममा हुनेछ। त्यसअघि टोलीले अन्तिम तयारी र तीन अभ्यास खेलका लागि श्रीलंका भ्रमण गर्ने बताइएको छ। क्रिकेट टोलीलाई ब्याटिङ प्रशिक्षण दिन भारतीय प्रशिक्षक अपूर्व देसाई अर्को साता नेपाल आउने भएका छन्।

छनोट प्रतियोगितामा नेपालले पहिलो खेल अगष्ट २९ तारिख ओमानसँग खेल्नेछ। त्यस्तै अगष्ट ३० तारिख युएईसँग, सेप्टेम्बर १ तारिख मलेसियासँग, सेप्टेम्बर २ तारिख सिंगापुरसँग र सेप्टेम्बर ४ तारिख हङकङसँग खेल्दैछ। उपाधि विजेता टोली भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा पर्नेछ । एसिया कप भदौं ३० गतेबाट असोज १० गतेसम्म युएईंमा हुँदैछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।