बिहीबार, साउन २८, २०८३

काठमाडौंको १ लाख ३७ हजार मत गनियो, बालेनको फराकिलो अग्रता कायमै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं– स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।

सुरुदेखि नै अग्रता लिएका मेयरका उम्मेदवार बालेन शाहले अहिलेसम्म अग्रता कायम गरेका छन्। ४६ हजार ९६६ मतका साथ उनी अग्रस्थानमा छन्। 

दोस्रो स्थानमा रहेकी सत्ता गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले २८ हजार १४१ मत ल्याएकी छन्। तेस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २७ हजार २८६ मत ल्याएका छन्।  


प्रकाशित: May 23, 2022| 18:13 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...