काठमाडौं– भरतपुर महानगरपालिकामा रोकिएको मतगणना सुरु भएको छ। नियन्त्रणमा लिइएका नेकपा एमाले प्रतिनिधिलाई मुक्त गरिएपछि मतगणना सुचारु भएको हो।
एमाले प्रतिनिधि गणनास्थलभित्रै प्रवेश गरेपछि मतगणना स्थगित भएको थियो। एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो र एमालेले उनको रिहाइ नभएसम्म मतगणना हुन नसक्ने भन्दै अवरोध गरेको थियो।
सुरक्षा व्यवस्था कमजोरी भएको निर्वाचन कार्यालयले स्वीकार गरेको छ।
भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ। अहिले वडा नम्बर २६ र २७ को गणना सुरु भएको छ। अव बडा नम्बर २८ र २९ को मात्रै बाँकी छ। त्यहाँको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहाल फराकिलो मतान्तरका साथ अगाडि छन्।