मंगलबार, असार ९, २०८३

कांग्रेसको निष्कर्षः परिणाम सन्तोषजनक, गठबन्धन थप मजबुद

सत्तासीन दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजक भएको निष्कर्ष निकालेको छ।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९
National life
Shivam cement

काठमाडौं– सत्तासीन दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजक भएको निष्कर्ष निकालेको छ। सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले निर्वाचन परिणाम सन्तोषजनक देखिएको बताएको हो। 

७५३ पालिकामध्ये अहिलेसम्म ३२० पालिकाको प्रमुख र २९३ पालिकाको उपप्रमुख कांग्रेसले जितेकाले परिणामलाई सन्तोषजनक मान्नुपर्ने प्रवक्ता प्रकाशशरण महतले बताए।  ‘समग्रमा निर्वाचन परिणामलाई सन्तोषजनक रुपमा लिएका छौं । हामीले धेरै ठूलो सफलता हासिल गरेका छौं। अन्तर्घात नभएको भए ४०० नजिक जित पुर्‍याउन सक्थ्यौं,’ महतले भने, ‘झण्डै आधा ठाउँमा हामीले विजय हासिल गर्‍यौं भन्ने आधार प्रशस्त छ ।’

चुनावमा सत्तारुढ गठबन्धनका सहयोगी दलहरुले पनि सफलता पाएको बताएका महतले आगामी निर्वाचनमा गठबन्धनलाई मजबुत बनाउने आधार समेत निर्वाचन परिणामले तय गरेको धारणा राखे।


प्रकाशित: May 23, 2022| 16:41 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...